

काठमाडौं । छक्का पन्जा टिमबाट अलग्गिएका जितु नेपालले नयाँ फिल्म बनाउने तयारी गरिरहेका छन् । फिल्मको छायांकन दशैंपछि हुने जितुले जानकारी दिए। अहिले हामी फिल्म बनाउने कि भन्ने सोचेका मात्र हौं। कस्तो कथामा फिल्म बनाउँदा राम्रो हुन्छ भनेर छलफल गरिरहेका छौं। हामी पहिलो चरणमा छौं। दशैंपछि गर्नुपर्ला भन्ने योजना मात्र हो, उनल भने ।
फिल्म गर्ने भनेर मात्र हुँदैन, सबै कुरा मिल्नुपर्छ । दर्शकलाई त फिल्म मनपर्छ कि पर्दैन थाहा हुँदैन तर आफूलाई मनपर्ने फिल्म बनाउनुपर्छ । त्यसकारण हामी हतारिएका छैनौ ं। कथा चित्त बुझ्यो भने मात्र फिल्मको काम अगाडि बढ्छ, उनले थपे।
यस फिल्मलाई दिनेश डिसीले निर्देशन गर्ने तयारी छ। फिल्मको निर्देशनको लागि डिसीसँग छलफल भइरहेको जितुले बताए। पहिला दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा काम गरेका जितु नेपाल, सुमन गिरी र ताराचन्द्र बजगाईंले मिलेर नयाँ फिल्म निर्माण गर्ने लागेका हुन् । ‘अहिले हामी तीन जना छौँ । त्यसबाहेक अरु पनि जोडिनु हुन्छ होला,’ उनले भने । जितु नेपाल कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ को तयारीमा छन् । यस शो साउन दोस्रा सातादेखि प्रसारण हुने बताइएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७