

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । यता असन्तुष्ट डा. बाबुराम भट्टराई पक्ष भने बेखबर बनेका छन् । अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना उपस्थित थिए । बैठकमा नेताहरुबीच मन्त्री हेरफेरबारे छलफल भएको थियो ।
‘चुनावलाई ध्यानमा राखेर मन्त्री हेरफेर गर्ने तयारी छ,’ एक कार्यकारिणी सदस्य भन्छन्, ‘एकाध कि सिंगो टिम हेरफेर गर्ने भन्ने टुंगो लागेको छैन ।’ कृषिमन्त्री महेन्द्र राय यादव भने हट्ने पक्का छ । डा. भट्टराई पक्षमा लागेका उनी संस्थापन पक्षले बोलाएका बैठकहरुमा अनुपस्थित रहँदै आएका छन । सोमबार साँझ पनि उनी छलफलमा गएका थिएनन ।
अरुलाई पनि फिर्ता बोलाएर नयाँ टिम पठाउने÷नपठाउनेबारे आगामी कार्यकारिणाी समितिले निर्णय गर्ने बताइएको छ । एक सदस्यका अनुसार सम्भवत २५ असारमा बैठक बस्नेछ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७