

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारबाट देशको शोधनान्तर घाटा सुरु भएको बताएका छन् । सोमबार नरबहादुर कर्मचारर्यको स्मृति कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारले शोधनान्तर घाटामा मुलुकलाई लगेको आरोप लगाएपछि दाहालले जवाफ दिएका हुन् । उनले आफूहरूका अघि पोखरेलले त्यस्तो कुरा गर्न कहाँबाट सकेको भन्दै प्रश्न पनि गरे ।
“उहाँ (शंकर पोखरेल)ले हाम्रो अगाडि जो शोधनान्तर घाटाको कुरा गर्नु’भो । यसको प्रणेता जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो,” प्रचण्डले भने,” समाजवादमा जाने कुरा हामीले गरेको होइन ? भ्रष्टाचार नियन्त्रण होला । जनतालाई राहत होला दिने घोषणापत्रमा पहल गर्ने हामीहरूका अगाडि बसेर उहाँले समाजवादको कुरा बुर्जवासँग मिलेर हुन्छ ? भनेर भन्न मिल्छ ?”
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७