

काठमाडौं । सेयर बजारमा सोमबार पुनः ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको नेप्से परिसूचक सोमबार २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सिटिभ इन्डेक्स पनि ७.०२ अंक घटेको छ । फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सिटिभ फ्लोट इन्डेक्स २.६४ अंकले घटेको छ ।
सोमबार कारोबारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता सेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमबार कारोबारमा आएका१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ ।
नेप्से परिसूचक गिरावट आए पनि सोमबार दुई कम्पनीको सेयर सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ । सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर सोमबार नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । हिमालयन डिस्टिलरीको ९ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७