

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनचाँदीको मूल्य बढेको छ । महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ८०० रुपैयाँ थियो ।
हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्यमा हिजो १०० रुपैयाँको वृद्धि देखिएको थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ छ । हिजो तोलामा १ हजार २४५ रुपैयाँ मूल्य रहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर कारोबारमा आएको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७