

काठमाडौं । आदर्श लघुवित्तले सोमबार (आज) आईपीयो बाँडफाँट गर्दै छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बैंक अफ काठमाडौं क्यापिटल मार्केट लिमिटेडका अनुसार मागभन्दा बढी आवेदन परेकोले लघुवित्तको सेयरमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताको दरले ६ हजार २६१ जना आवेदकले पाउनेछन ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन ५ असारसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट दुई अर्ब एक करोड ४२ लाख रुपैयाँ बराबरको दुई करोड एक लाख ४२ हजार ६१० कित्ता सेयरको माग आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता सेयरको ३२१।६८ गुणा बढी हो ।
लघुवित्तले १ असारदेखि कुल ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी एक करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी दुई करोड ७ लाख रुपैयाँ पुग्नेछ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७