TRENDING

होसियार: वर्षायाममा यि ५ खानेकुरा नखानुहोस

काठमाडौं ।  यतिबेला हामी वर्षायाममा छौं । असारको दोस्रो सातामा प्रवेश गर्दा देशका प्रायः अधिकांश स्थानमा वर्षा भैरहेको छ । यो वर्षायाममा हाम्रो पाचन प्रणाली अति नै संवेदनशील हुन्छ । त्यसैले चिकित्सकले पनि वर्षाको मौसममा हल्का र घरमै पाकेका खाना खाने सल्लाह दिन्छन् । घरमा पाकेको खाना खान सम्भव नभए यी त्यस्ता खानेकुरा छन्, जसलाई वर्षायाममा खानबाट बच्नु पर्छ ।

वर्षायाममा तारेका खानेकुरा खान मन लाग्नु स्वभाविकै हो । तर, वर्षायाममा तारेका खानेकुरा खानु हुँदैन । यो मौसममा पाचन प्रणाली सुस्त हुने भएकाले पित्त बढ्ने सम्भावना बढ्छ । प्राय बाहिर तारेको खानेकुरा खानाले पखाला लाग्ने समस्या हुन सक्छ, किनभने बाहिर प्रयोग हुने तेलको गुणस्तर राम्रो हुँदैन ।

स्ट्रीट फूड

वर्षायाममा हाम्रो वरपर चिसो (ओसिलो), हिलो र फोहोर हुन्छ, जसमा झिँगा सजिलै भन्किरहेका हुन्छन् । यस्तो स्थितिमा बाहिरका खाना स्वास्थ्यकर हुँदैनन् । त्यस्ता खाना खानाले विरामी हुने खतरा बढ्छ । त्यसैले वर्षायाममा बाहिरका खाना खानु हुँदैन ।

दही

वर्षायाममा दूधबाट बनेका खानेकुरा सेवन गर्नुबाट बच्नु पर्छ, विशेषगरी दहीको सेवन । वर्षायाममा दहीमा अत्यधिक ब्याक्टेरिया उत्पन्न हुन्छ । जसकारण पेटमा समस्या हुन सक्छ । जसले रुघाखोकि पनि छिट्टै लाग्न सक्छ । त्यसैले यो मौसममा दही खानबाट बच्नु पर्छ ।

मासु

वर्षायाममा मासु नखानुका विभिन्न कारण छन् । पहिलो त वर्षायाममा हाम्रो पाचन प्रणाली कमजोर हुन्छ । दोस्रो यो मौसममा फ्लूको समस्या बढी देखिन्छ । त्यसैले मासु खानाले विभिन्न किसिमका रोग उत्पन्न हुन्छ । तेस्रो वर्षायाममा पशुको प्रजननको समय हुन्छ । त्यस्तै, वर्षायाममा पानी प्रदुषित हुन्छ, जसले अनेक किसिमका रोग उत्पन्न हुने खतरा बढ्छ ।

सागपात

वार्षायाममा पालुंगो, मेथी, बन्दागोभि जस्ता सागपात खानु हुँदैन । यीनमा सुक्ष्म किराहरु रहेका हुन्छन् । वर्षायाममा ब्याक्टेरिया र फंगस तिव्र गतिमा फैलन्छ ।