

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा नेकपा (एकीकृत समाजवादी)का मन्त्री हेरफेर गरेकी छन्।राष्ट्रपति भण्डारीले चार जना मन्त्री र एक जना राज्यमन्त्री हेरफेर गरेकी हुन्। एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवर आएका छन्।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।यसअघि एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामकुमारी झाँक्री शहरी विकास र कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए। उनीहरूलाई फिर्ता बोलाएको हो।
त्यस्तै, एकीकृत समाजवादीबाट सरकारमा सहभागी कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी)लाई यथावत राखिएको छ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७