

काठमाडौं । चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले हात पारेको छ । शुक्रबार (हिजो)भएको फिनालेमा यी जोडीले उपाधि हात पारेको हो । उपाधि जितेका शेर्पा र प्रजाले १५ लाख नगदसँगै अन्य पुरस्कार समेत प्राप्त गरेका छन् । विजेता जोडीलाई हिमालयन टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले पुरस्कार र ट्रफी वितरण गरे ।
त्यस्तै, प्रीति आले र शेखर घर्ती मगरको जोडी फस्ट रनरअप भएको छ । उनीहरुले २ लाख रुपैयाँ नगदसँगै अन्य पुरस्कार जितेका छन । परमिता राणा र जेडी तमुको जोडीले भने सेकेण्ड रनरअपको उपाधि जितेको छ । गत जेठ महिनाबाट सुरु भएको यो रियालिटी शोमा गौरी मल्ल, दिलीप रायमाझी र रेनेशा बान्तवा राई निर्णायक रहेका थिए । लक्ष्मण पौडेलको निर्देशनमा बनेको यो कार्यक्रममा प्रतिस्पर्धीको रुपमा १२ जना सेलिब्रेटी तथा कोरियोग्राफरहरुको सहभागिता थियो ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७