

काठमाडौं। विश्व चर्चित अर्जेन्टिनी फुटबलर स्टार लियोनल मेस्सी आजबाट ३५ वर्षमा प्रवेश गरेका छन् । सन् १९८७ जुन २४ का दिन जन्मिएका मेस्सीले आज परिवार र सहकर्मीसँग जन्मदिन मनाइरहँदा विश्वभरबाट उनका फ्यानले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । फुटबलमा पाउनुपर्ने सबै उपाधि र पुरस्कार पाइरहँदा मेस्सीले विश्वकप भने जित्न सकेका छैनन ।
यसअघि सन २०१४ मा मेस्सीले अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए । ब्राजिलमा भएको उक्त विश्वकपमा फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । यद्यपी मेस्सी आफ्नो जीवनको अन्तिम विश्वकपको लागि तयार छन । यसैवर्ष कतारमा हुने विश्वकमा उनको टोलीले विश्वकप जित्ने प्रयास गर्नेछन ।
७ पटकका बालुन डि’ओर विजेता मेस्सीले बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। १० पटक लालिगा जित्न सफल उनले ७ पटक कोपा डेलरे पनि हात पारेका छन । यस्तै नयाँ क्लब पीएसजीमा उनले पहिलो सिजन नै लिग वानको उपाधि पनि हात पार्न सफल भए ।मेस्सीले बाल्यकालदेखिका प्रेमिका एन्टोनियो रोकुजा विवाह गरेका छन, उनीहरुको तीन सन्तान छन ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७