

काठमाडौं । शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । वृद्धि भए सँगै नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ को विन्दुमा पुगेको छ । शुक्रबार आन्दोलनरत लगानीकर्ता र नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच १९ बुँदे माग कार्यान्वयनका विषयमा सहमति जुटेसँगै सेयर बजारमा सकारात्मक माहोल देखिएको हो ।
आज सूचक सेन्सेटिभ परिसूचक पनि २.८१ अंकले बढेर ३६४.९० को बिन्दुमा पुगेको छ । २ घण्टाको कारोबारमा १ अर्ब १५ करोड १२ लाख८ हजार रुपैयाँको कारोबार भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ । यस दिन म्युचुअल फण्ड समूहको सेयर मूल्य मात्र घटेको छ ।यसदिन १५० कम्पनीको सेयर मूल्य बढेको छ, भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ वटै कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै सिवाईसी नेपाल लघुवित, लाइफ इन्स्योरेन्स, राधी विद्युत कम्पनी, मनकामना स्मार्ट लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन ।
यता लगातार पोजेटिभ सर्किट लागिरहेको आँखुखोला लघुवित्तको सेयरमूल्य घट्न थालेको छ । आज मेगा म्युचुअल फण्ड–१, महुली लघुवित्त, घलेम्दी हाइड्रो लगायत कम्पनीको सेयर मूल्य बढेको छ । शुक्रबार कुमारी बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७