TRENDING

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा सहित २ मन्त्री लुम्बिनीमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी पुगेका छन । लुम्बिनी स्थित बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवासँगै २ मन्त्री पनि लुम्बिनी पुगेका हुन ।
विश्वविद्यलयका कुलपतिसमेत रहेका भएका प्रधानमन्त्रीसँगै शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण पनि लुम्बिनी पुगेको बताइएको छ । प्रधानमन्त्री देउवासहित दुवै मन्त्रीले बौद्ध विश्वविद्यालयमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी भएर आजै काठमाडौं फर्किने जनाइएको छ ।

sherbadhurdeuba