

काठमाडौं । गर्मी तथा वर्षा याम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलन सक्ने भन्दै सावधानी र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । बालबालिकाहरू यसको जोखिममा धेरै पर्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
के गरेमा धेरै जोखिम हुन्छ ?
स्तनपान नगराई बोतलको दूध खुवाइएका बच्चा, कुपोषित बालबालिका, दूषित खाना र पानी खाएका र व्यक्तिगत सरसफाईमा ध्यान नदिएका तथा खोप नपाएका बच्चा झाडापखाला र हैजाको जोखिममा बढी पर्ने मन्त्रालयले जनाएको छ ।
हैजाका लक्षण
पेट दुख्ने, बान्ता हुने, तिर्खा लाग्ने, पातलो दिसा हुने झाडापखाला र हैजाको लक्षण भएको मन्त्रालयले जनाएको छ ।
घरमै उपचार गर्न सकिन्छ
झाडापखाला भए घरमै पनि उपचार गर्न सकिने मन्त्रालयले जनाएको छ । “झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोलेर पटकपटक खुवाउनुपर्छ । प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटकपटक खान दिनुपर्छ,” मन्त्रालयले भनेको छ, “नरम तथा सजिलै पच्ने खानेकुरा थोरैथोरै गरी पटकपटक खुवाइरहनुपर्छ । स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिंक चक्कीको मात्रा नविराइकन खुवाउनुपर्छ ।”
व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खानु पर्ने जनाइएको छ ।
कस्तो अवस्थामा तत्काल अस्पताल लैजाने ?
खान पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, धेरै तिर्खाएमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा तत्काल अस्पताल लैजानुपर्छ ।
पखाला लाग्नबाट बच्ने उपाय
पखाला लाग्नबाट बच्न सौचालयमा मात्रै दिसा पिसाव गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । “दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुनुपर्छ । खाना बनाउनु, खुवाउनु र खानुअघि साबुनपानीले मिचिमिची हात धुनुपर्छ । पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउनुपर्छ,” मन्त्रालयले जनाएको छ, “बासी, सडेगलेको, झिँगा भन्केको खानेकुरा नखाने, खाने पानीको मुहान सफा र सुरक्षित राख्नुपर्छ ।”
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७