

काठमाडौं । बिहीबार पनि शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंकले घटेको छ । बिहीबार कारोबारमा आएका २३७ कम्पनीको ५० लाख ८ हजार कित्ता शेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये विकास बैंक, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
बिहीबार नेप्से परिसूचक उच्च गिरावट आएपनि दुई कम्पनीको शेयर कारोबार भने सकारात्मक सर्किट लेभलमा भएको छ । जसमा आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यता शिवश्री हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने सामलिङ्ग पावर कम्पनी र जोशी हाइड्रो पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा साढे ९ करोडभन्दा बढीको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । लक्ष्मी बैंकको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७