

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले केही समयअघि आफ्नो आगामी फिल्म ‘जवान’ घोषणा गरेका थिए । यस फिल्ममा शाहरुखसँगै नयनताराले पनि अभिनय गर्ने छिन् । दीपिका पादुकोण पनि शाहरुखको फिल्ममा देखिने भएकी छन् । उनी ‘जवान’मा नभइ शाहरुखसँग ‘पठान’ मा देखिने भएकी छन् ।
पिंकभिलाको रिपोर्ट अनुसार, दीपिका शाहरुख र एट्लीसँग केही समयदेखि कुराकानीमा छिन् । उनी फिल्ममा सानो तर महत्त्वपूर्ण भूमिकामा देखिने छिन् । दीपिका फिल्ममा काम गर्न राजी भएकी छिन् । तर, कागजी काम हुन बाँकी छ ।
चलचित्रकै सन्दर्भमा कुराकानी गर्न शाहरुख दीपिकालाई भेट्न हैदराबाद गएका थिए । रिपोर्टमा थप भनिएको छ, ‘शाहरुख खान हालै हैदराबाद गएका थिए, जहाँ उनले एट्लीसँग दीपिकालाई भेटेका थिए । उनीहरूले दीपिकाको चरित्र र सुटिङको मितिबारे पनि कुरा गरेका थिए । उनी त्यतिबेला आफ्नो फिल्म प्रोजेक्टको लागि हैदराबादमा थिइन् ।’ २ जुनमा रिलिज हुनेछ ‘जवान’
‘जवान’ फिल्ममा शाहरुख र नयनताराका अलावा राणा डग्गुबाती, सान्या मल्होत्रा र सुनिल ग्रोवर पनि मुख्य भूमिकामा छन् । रेड चिलीज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्मलाई एट्लीले निर्देशन गर्दै छन् ।
केही समयअघि शाहरुखले फिल्मको पहिलो लुक सार्वजनिक गरेका थिए । फिल्म अर्को वर्ष २ जुनमा रिलिज हुनेछ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७