TRENDING
होमपेज
शुक्रवार धनगढीमा सन्दीप क्षेत्रीको विशेष कार्यक्रम हुने


धनगढी । स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको आँउदो शुक्रवार धनगढीमा विशेष कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन तथा कलाकार क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो ।
ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरूसँग सन्दीपले करिअर काउन्सिलिङ तथा अन्तरक्रियात्मक सेशनहरू सञ्चालन गर्नेछन् । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुती समेत रहने बताइएको छ । कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा शुरू हुनेछ ।
आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । निःशुलक इन्ट्री टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७