

काठमाडौं । भारतीय तीव्र गतिका बलर तथा अलराउन्डर रूमेली धरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन्।३८ वर्षे धरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय सिरिज सन् २०१८ मा ब्रेबोर्नमा खेलेकी थिइन्। जहाँ भारत, अस्ट्रेलिया र इंग्ल्यान्डबीच त्रिकोणात्मक सिरिज भएको थियो। समग्रमा उनले भारतका लागि ४ टेस्ट, ७८ ओडीआई र १८ टी–२०आई खेलिन्। उनले १ हजार २२८ रन र ८४ विकेट लिएकी छन्। धर २००५ को विश्वकपको फाइनलमा पुग्ने भारतीय टोलीकी सदस्य हुन्।
उक्त विश्वकपमा भारत अस्ट्रेलियासँग ९८ रनले पराजित भएको थियो । यससँगै उनी सन् २००९ मा इंग्ल्यान्डमा भएको टी–२० विश्वकपमा भारतका लागि संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बनिन्। उनले चार खेलमा ४.७८ को इकोनोमीमा ६ विकेट लिएकी थिइन्।
धरले इन्स्टाग्राममा लेखेकी छन्, ‘पश्चिम बंगालको श्यामनगरबाट सुरू भएको २३ वर्षको मेरो करिअर समाप्त भएको छ। मैले सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको छु। यो यात्रा उतार चढावले भरिएको छ। मैले भारतीय टोलीको प्रतिनिधित्व गरें। २००५ को विश्वकपको फाइनल खेले र टोलीको नेतृत्व पनि गरें। धेरैचोटी चोटले मेरो करिअरलाई असर गर्यो, तर म फर्किएँ। आज खेललाई अलविदा गर्दैछु।’
२००३ मा लिंकनमा इंग्ल्यान्डविरूद्ध आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेपछि धरले ३४ वर्षको उमेरमा भारतीय टोलीमा अप्रत्याशित पुनरागमन गरेकी थिइन्। उनलाई फेब्रूअरी २०१८ मा दक्षिण अफ्रिकाको भ्रमणको लागि भारतको टी–२० टोलीमा बोलाइएको थियो।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७