

काठमाडौँ । अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ । बीबीसीले उल्लेख गरे अनुसार मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ५० जनाको मृत्यु भएको र सयौंको संख्यामा मानिसहरू घाइते छन् ।
अफगानिस्तानको दक्षिण–पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर भूकम्प गएको बीबीसीले लेखेको छ ।
भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र छिमेकी देश पाकिस्तानमा समेत महसुस गरिएको युरोपियन मेडिटेरिनियन सिस्मोलोजिकल सेन्टरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।
भूकम्पबाट सबैभन्दा धेरै क्षति अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । ‘दुर्भाग्यवश १ गएराति गएको भूकम्पमा परी पक्तिका प्रान्तका चार जिल्लाका सयौं मानिसहरू घाइते भएका छन् भने दर्जनौं घरहरू ढलेका छन्‚’ सरकारका प्रवक्ता बिलाल कारिमीले ट्विटरमा लेखेका छन् ।
उनले सम्बन्धित निकायलाई आपत्कालीन उद्धारका लागि तुरुन्त उक्त क्षेत्रमा जानका लागि निर्देशनसमेत दिएका छन् ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७