

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणमा जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बुधबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छुट्टाइएको सेयर बाँडफाँड गरी बिक्री नभएको रहेको २ लाख ९७ हजार ८४० कित्तासहित कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन बिक्री खुला गरेको थियो ।
जसमध्ये तीन प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुलाएको थियो ।
उक्त आईपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको रजसमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । बाँकी ८८२ आवेदन रद्द भएको भएको छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार बाँडफाँड गर्दा स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । यसरी बाँडफाँड गर्दा बाँकी रहेको ९ कित्ता सेयर सोहीमध्ये ९ थप एक कित्ता प्राप्त गरेका छन् । अर्थात् ९ आवेदकले ११ कित्ता पाएका छन् ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७