TRENDING
होमपेज
अष्ट्रेलियाविरुद्ध २२ वर्षपछि श्रीलङ्काले उपाधि हाँसिल


एजेन्सी। अस्ट्रेलिया र श्रीलङ्काबीच जारी पाँच खेलको एक दिवसीय शृङ्खलामा श्रीलङ्काले उपाधि जितेको छ। गए राति सम्पन्न चौथो एकदिवसीयमा श्रीलङ्काले अस्ट्रेलियालाई चार रनले हराउँदै ३–१ ले शृङ्खला जितेको हो। एक खेल अगावै श्रीलङ्का विजयी भएको हो। योसँगै श्रीलङ्काले होम ग्राउण्डमा अष्ट्रेलियाविरुद्धको शृङ्खला २२ वर्षपछि जितेको हो। अन्तिम पटक श्रीलङ्काले सन् २०१० मा शृङ्खला जितेको थियो।
पहिले ब्याटिङ गरेर श्रीलङ्काले २५८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले २५४ रन मात्र बनायो।अष्ट्रेलियाले विकेट जोगाउन नसक्दा पकडमै रहेको खेल गुमाएको हो। श्रीलङ्काका लागि चरिथ असालाङ्काले ११० रनको पारी खेले। अष्ट्रेलियाका डेभिड वार्नर शतक बनाउन एक रनले चुके। यी दुई टोलीबीचको अन्तिम खेल शुक्रबार हुनेछ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७