

काठमाडौं । सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहेको पछिल्लो चलचित्र कबड्डी ४ लो राम्रो व्यापार गरेपछि यी दुईको अन्य चलचित्र पनि अब लगातार रिलिज हुने भएका छन् । यसै क्रममा दयाहाङ र सौगात कलाकार रहेको अर्को चलचित्र ‘द सिक्रेट अफ राधा’ पनि दर्शकमाझ आउने भएको छ ।
यो चलचित्रको प्रदर्शन मिति आगामी भदौ १० गतेलाई तय गरिएको छ । सुवर्ण थापा निर्देशित यो सिनेमाको मँगलबार फस्ट लुक्सको रुपमा दुई वटा पोष्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । सिनेमाको सार्वजनिक २ पोस्टरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । यसअघि सार्वजनिक सिनेमाको पात्र अवधारणामा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्रै स्थान दिईएको थियो । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् ।
यो चलचित्रमा सनेमामा सृष्टि श्रेष्ठसँगै दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमामा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा छन् ।
यो चलचित्रमा सिनेमामा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती रहेको यो चलचित्रमा बिक्रमदास जोशी सह–निर्माता रहेका छन् ।
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७