

काठमाडौँ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
हङकङको लागि मारिको हिलले सर्वाधिक ४५ रनको योगदान दिइन भने नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन जोडिन । बलिङमा नेपालकी सङ्गीता राईले दुई तथा सीता मगरले एक विकेट लिइन् ।
हङकङकी बेट्टी चानले दुई तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान एक÷एक विकेट झारे । समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा छ अङ्क जोड्दै प्रतियोगितामा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।
उक्त च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७