

काठमाडौं। आज जुन २१ तारिख अर्थात वर्षकै सबैभन्दा लामो दिन । सामान्यतया जुन २१ तारिखको दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपालमा आज सूर्यीदय १३ घण्टा ४५ मिनेटको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान ५ बजेर नौ मिनेट जाँदा सूर्यीदय भएको थियो भने सूर्यास्त साँझ ७ बजेर ३ मा हुनेछ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया जुन २०, २१ र २२ मध्ये कुनै दिन वर्षकै सबैभन्दा लामो हुन्छ । भोलिदेखि क्रमशः दिन छोटो र रात लामो हुँदै जान्छ । डिसेम्बरको २१ को दिन भने वर्षकै सबैभन्दा छोटो हुने गर्छ । मार्च २१ र सेप्टेम्बर २३ मा भने दिन र रात बराबर हुने गर्छ ।
पृथ्वी सूर्यको वरिपरी घुम्दै गर्दा सूर्यको प्रकाश सधैँ सीधै भूमध्य रेखामा मात्र नपर्ने भएकाले पृथ्वीमा दिन लामो र छोटो हुने गर्छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७