

काठमाडौं। काठमाडौंमा हैजाका बिरामी भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जानकारी गराए अनुसार काठमाडौं स्थित बागबजारमा बस्दै आएका एकै परिवारका २ सदस्यलाई हैजारोग देखिएको हो । उनीहरू दुवै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ।
गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानीजन्य रोग फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहनु अति आवश्यक छ । यी रोगहरूको समयमा साबधानी नअपनाउनाले र समयमा निदान तथा उपचारको व्यवस्था गर्न नसक्नाले महामारीको रूप लिन सक्छ, अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालले पानीलाई उमालेर प्रयोग गर्न र पटकपटक साबुनपानीले मिचीमिची हात धुन अनुरोध गरेको छ।
काठमाडौंमा हैजाका बिरामी भेटिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोकथाम तथा नियन्त्रणका लागि आकस्मिक बैठक बसी छलफल गरेको छ। महाशाखाले सतर्क रहनुका साथै हैजासम्बन्धी लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ ।
हेर्नुहोस प्रेस विज्ञप्ती
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७