

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशंसा गरेका छन् ।उक्त नीति तथा कार्यक्रमको अध्यक्ष थापाले प्रशंसा गर्दै स्याबासी दिएका छन् ।
थापाले सामाजिक सञ्जाल मार्फत स्याबासी दिँदै भनेका छन्, ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविकै हो । तथापि काठमाडौंको समग्र विकासका लागि बालेन्द्र शाहद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रशंसानीय छ ।’
थापाले मूलतः काठमाडौँको संस्कृति एवं सम्पदाको संरक्षण–संवद्र्धन र शिक्षा विकासमा ध्यान दिनु उक्त नीति तथा कार्यक्रमको राम्रो पक्ष रहेको बताएका छन् । साथै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उनले शुभकामना समेत दिएका छन् ।
आइतबार मेयर बालेनले सबै पक्षलाई समटेर नीति तथा कार्यक्रम ल्याएका थिए ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७