

काठमाडौँ ।आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ ।
मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन् । त्यस्तैैैैै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन् ।
नेपालको मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुईरदुई विकेट लिइन् भने स्नेहा महराको नाममा एक विकेट रह्यो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७