

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १५३ कामय भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७