

काठमाडौं । जनहितका कार्य गरेर आफुलाई धन्यवादको पात्र बनाउने गरी काम गर्न बाग्मति प्रदेशका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ ।
मंगलबार धादिंगको धुनीबेशी नगरपालिकामा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर कानुन बनाउन र न्यायका पक्षमा उभिएर कार्य गर्न समेत सुझाउनुभएको थियो । कार्यक्रममा बोल्दै नेता पाण्डेले भन्नुभयो – “हालको गठबन्धन चुनाव जित्नका लागि मात्र गरिएको नभई नेकपा एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कुसमयमानै गरेको संसद विघटनको विरुद्धमा लड्नका लागि गरिएको एकता हो । संविधानको रक्षाका लागी, समाबेशी लोकतन्त्रको रक्षाका लागी र संघियताको रक्षाका लागि जबसम्म एक भएर लडिरहनुपर्छ , तबसम्म हालको गठबन्धन कायमै रहन्छ ” ।
बैशाख ३० गतेसम्म विभिन्न दलको उम्मेदवार भएर चुनाव लडेतापनि विजयी भईसकेपछिको अवस्थामा कुनै एक दलको मात्र प्रतिनिधि नभई समग्र जनताको प्रतिनिधी भएकोले विजयी प्रतिनिधीहरुलाई जनताको सेवक भएर काम गर्न पनि पाण्डेले आग्रह गर्नुभएको छ । नवनिर्वाचित जन प्रतिनिधिहरुलाई फूलमाला एव टिकाले सम्मान गर्दै धुनीबेशी नगरलाई अत्यन्त उत्कृष्ठ नगरपालिका बनाउन पाण्डेले आग्रह गर्नुभएको छ ।
धुनीबेशी नगरपालिकाका विभिन्न वडाबाट विजयी उम्मेदवारहरुलाई नगरप्रमुख बालकृष्ण आचार्यले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । तत्पश्चात् सम्मूर्ण वडाका वडाध्यक्ष लगायत वडा सदस्यहरुले पनि आफ्नो कार्यकक्षमा पुगि पदभार ग्रहण गर्नुभएको छ ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७