

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय र्यालीमा भएको आक्रमणमा परि ६ जना घाइते भएका छन् । स्थानीय निर्वाचनमा वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाइरहेको अवस्थामा नेकपा एमालेका वडाध्यक्षको उम्मेदवारसहितको समूहले र्यालीका सहभागीमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।
आक्रमणमा परी ५८ वर्षीय नेमा रेशा, ३० वर्षीय आइसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ४ जना उपचारपछि घर फर्किए सकेका छन् भने महम्मद मियाँ र आयसा खातुनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कांग्रेसका हृदयनारायण प्रसाद कुर्मीले १५१६ मत ल्याएर वडा नम्बर २७ को अध्यक्षमा विजयी भएका थिए । नेकपा एमालेका प्रदीपकुमार यादव भन्दा ४०५ मत ल्याएर कुर्मी निर्वाचित भएका हुन् । प्रदिपले १११६ मत पाएका थिए । ०७४ को निर्वाचनमा प्रदीप वडाध्यक्षमा निर्वाचित भएका थिए ।
हृदयले जितेको खुशीमा विजयी उत्सव मनाइरहेको समयमा वडाध्यक्षमा पराजित एमालेका प्रदीपसहितको समूहले लाठीले कुटपिट गरेको घाइतेहरुले बताएका छन् ।
प्रदिप सहितका मानिसहरु आएर एमालेलाई भोट नहालेर काँग्रंसको विजयी र्यालीमा गएको भन्दै आफूहरु माथि कुटपिट गरेका घाइतेहरुले बताएका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षमा प्रदिपसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदीपसहित ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
घाइतेहरुले घटनामा निवर्तमान वडाध्यक्षमा पराजित उम्मेदवार प्रदीपको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
यता एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विजयकुमार सरावगीले भने कांग्रेसका कार्यकर्ताहरुले जितको उन्मादमा जिस्काएको कारण घटना भएको बताएका छन् । उनले घटनामा वडाध्यक्षका उम्मेदवारको संलग्नता भने नभएको दाबी गरे । ‘ विजयी ¥याली निकाल्दा चिढ्याउने काम भयो , त्यसले गर्दा दुर्घटना भयो । त्यो गलत नै हो,’ उनले भने, ‘तर घटनामा जो जो संलग्न छन उनीहरुलाई लैजानुपर्ने हो । प्रहरीले घटना स्थलमै नभएका वडाध्यक्षका उम्मेदवारलाई पक्रेर लगेको छ ’ सरावगीको भनाई छ ।
मुख्य समाचारबाट थप समाचार
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७