

धादिङ्ग । धादिङ्ग जिल्ला ज्वालामुखी गाउँ पालिका वडा नम्बर १ ने क पा (समाजवादी) का वडाध्यक्षका उम्मेदवार राम प्रसाद सिलवालले उक्त वडाको विकास र समृध्दिका लागि अध्यक्ष पदमा आफू बाहेक अरु विकल्प नभएको दाबी गरेका छन ।
लामो समय स्थानीय स्तरमा जनता सङग रहेर राजनीति गरेको, गा. वि.स. उपाध्यक्ष भएर जनताको सेवा गरिसकेको र अघिल्लो कार्यकाल पनि वडाध्यक्ष भएर काम गरेर जनताको काम र विकास कसरी गर्नु पर्छ भन्ने आफुलाई जति अन्य दलका उम्मेदवारलाई ज्ञान नभएकोले ज्वालामुखी १ मा आफ्नो विकल्प नभएको सिलवालले जिकिर गरे ।
उनले अघिल्लो कार्यकालमा गरेका विकास र सम्वृध्दीका कार्यलाइ स्थायित्व प्रदान गर्न र बाकी रहेका अधुरो कार्य पूरा गर्नका लागि पनि जनताले आफुलाइ कलम चिन्हमा मतदान गरेर जिताउने विश्वास व्यक्त गरे ।
विकसित देशमा प्रतिनिधिहरु दोहोरिएर आउने र सोही अनुसार विकास दिगो र वातावरण मैत्री हुने उदाहरण दिदै उनले दुई कार्यकाल आफुले आफ्नो वडावासिको सेवा गर्न पाउनु पर्ने र वडावासीहरुले सो कुरा बुझेको र आफुलाइ नजिकबाट चिनेकाले पनि आफू वडाध्यक्षको रुपमा दोहोरिएर जनताको सेवा गर्ने कुरा व्यक्त गरे ।
ज्वालामुखी गाउँ पालिका वडा न १ का लागि राम प्रसाद सिलवाल नै किनरु भन्ने २० बुदे विकास खाका प्रस्तुत गर्दै उनले शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन, रोजगारी र पुर्वाधारको क्षेत्रमा वडा न १ लाई जिल्लाकै नमुना वडा बनाउने घोषणा गरे। साथै जेष्ठ नागरिक हित, दलित र महिला उत्थान र बुढीगण्डकी पुनर्वासका लागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७