

जनकपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा रु एक करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५० सवारी साधनमाथि कारबाही गरी रु एक करोड ४६ लाख ७४ हजार राजस्व सङ्कलन गरेको हो । पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।
यस्तै चालु आव ०७८/०७९ को नौ महिनामा धनुषाको विभिन्न सडक खण्डमा भएको एक हजार ५५सवारी दुर्घटनामा परी ८० ले ज्यान गुमाएको प्रहरीले जनाएको छ । बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७