

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो । बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको छ ।
जम्मा १३ वडा रहेको बूढानीलकण्ठको वडा नं १ मा १८, वडा नं २ मा २१, वडा नं ३ मा २५, वडा नं ४ मा २२, वडा नं ५ मा १८, वडा नं ६ मा २२, वडा नं ७ मा १६, वडा नं ८ मा २२, वडा नं ९ मा २४, वडा नं १० मा २६, वडा नं ११ मा २६, वडा नं १२ मा २७ र वडा नं १३ मा २० जनाको उम्मेदवारी परेको भट्टराईले बताउनुभयो ।
बूढानीलकण्ठमा नेपाली कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले)बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा र नेकपा (माओवादी केन्द्र) बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिनुभएको छ ।
विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले)का उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई विजयी हुनुभएको थियो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७