

तनहुँ । व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ ।
जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो सन्देश मिल्न सक्छ । शुरुमा रु डेढ लाख लगानी गरी आठ बाख्राबाट शुरुवात गरेका अधिकारी दम्पत्ती फार्ममा १०० को हाराहारीमा बोयर जातका बाख्रा रहेका छन् । बाख्रा फार्ममा अधिकारी दम्पत्तीसँगै अन्य तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
दिउँसो एउटा खोरमा र राती अर्को खोरमा बाख्रा राख्ने व्यवस्था मिलाइएको छ । बाख्रा फार्ममा दुई कुकुरसमेत परिचालन गरिएको छ । बाख्रा पालनका लागि आफ्नो चौबीस रोपनी र बाह्र रोपनी भाडामा लिएर घाँस खेती गरिएको छ । डाले घाँस र नेपियरलगायतका घाँस लगाइएको छ ।
गङ्गादेवी बाख्रा फार्मका नाउँमा दर्ता गरी व्यवसायिक बाख्रा पालन थालिएको छ । उक्त फार्म अधिकारीकी बुहारी गायत्रीका नाउँमा दर्ता गरिएको छ । गायत्रीको पसल रहेकाले फूर्सदको समयमा फार्मको रेखदेखसमेत गर्दै आएको बताउनुभयो ।
हालसम्म बैकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक बताउनुहुन्छ । उहाँका छोरा नारायणप्रसाद दमौली कारागारका जेलर हुनुहुन्छ । उहाँले कार्यालयको कामबाहेक बिदाको दिन बिहान बेलुकाको समयमा फार्मको रेखदेख गर्दै आउनुभएको छ ।
बुबा आमाको पुख्यौली पेशा नै पशुपालन भएकाले अन्य व्यवसायभन्दा पशुपालनमा लगानी गरिएको उहाँ बताउनुहुन्छ । शुद्ध १०० प्रतिशत बोयर जातका दुई बोका, शुद्ध बोयर पाठी एक वटा फार्ममा रहेका छन् ।
त्यसैगरी ७५ प्रतिशत बोयरमा त्रीचालीस वटा माउ, ७५ प्रतिशत बोयरका २५ पाठी र २३ पाठा रहेका छन् । अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरीद गरेर ल्याएको अधिकारीले बताउनुभयो ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदानको हालै मात्र सम्झौता गरिएको छ । अबका दिनमा प्रजनन् कार्यलाई जोड दिँदै जतिसक्दो मासु धेरै उत्पादनतर्फ केन्द्रित रहेको फार्म सञ्चालक अधिकारी बताउनुहुन्छ ।
सिप / सिर्जना / साहित्यबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७