

लुम्बिनी। बुटवलमै प्राविधिक शिक्षाको उच्च तहका कक्षा सञ्चालनका लागि यहाँको पुरानो प्राविधिक शिक्षण संस्था बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआइ)मा स्नातक तहको अध्यापन हुने भएको छ ।
आगामी शैक्षिक सत्रदेखि सो तहको अध्यापन सुरु हुन लागेको हो । बुटवल उपमहानगरपालिकाको सहयोगमा इन्स्टिच्युट र काठमाडौँ विश्वविद्यालय काठमाडौँको सहकार्यमा चार वर्षे ब्याचलर अफ टेक्निकल एजुकेशन (बीटेकएड), जनरल मेकानिकल इन्जिनियरिङ जनरल विषयको पठनपाठन गर्ने गरी गत पुसमा सम्झौता भएको थियो ।
यो कार्यक्रमले लामो समयदेखि स्नातक कार्यक्रम सञ्चालन गर्ने योजना पूरा भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । आगामी असोजदेखि सुरु हुने शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने तालिका तय भएको बीटीआइका कामु कार्यकारी निर्देशक इन्जिनियर अभिमन्यु पन्थीले जानकारी दिनुभयो ।
विसं २०२१ मा तीन जना प्राविधिक तालिम दिइ सुरु भएको बीटीआइले हालसम्म २५ भन्दा धेरै प्राविधिकले तालिम प्राप्त गरिसकेका छन् । हाल उक्त इन्स्टिच्युटमा दुई वर्षे १२१ जना, चार वर्षे ७६ जना, प्रिडिप्लोमा १५३ जना गरी जम्मा ३३२ अध्ययनरत छन् । यसबाहेक छोटो अवधि तालिम कार्यक्रमअन्तर्गत तीन हजार १८४ ले तालिम लिइसकेका छन् ।
बीटीआइबाट उत्पादिन प्राविधिक जनशक्ति हाल देशका विभिन्न उद्योगमा रोजगार पाएर खपत भएका छन् । विभिन्न उद्योगीले यहाँबाट उत्पादित जनशक्तिलाई रोजगार प्रदान गर्दैआएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो । बीटीआइमै तीन वर्षे शैक्षिक डिप्लोमा कार्यक्रम थप गर्ने र छिट्टै बीटीआइलाई इन्जिनियरिङ कलेजको रुपमा विकास गर्ने योजना रहेको बीटीआइका कामु निर्देशक पन्थीको भनाइ छ ।
यस्तै बीटीआइबाट उत्पादित जनशक्तिबाट सयौँ उद्योगको स्थापना र सञ्चालन भएका छन् । उद्योग सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव र सीप नभएको जनशक्ति मात्र उत्पादन गर्दा काम नपाउने र बेरोजगार बन्नुपर्ने भएकाले नेपालमै पहिलो पटक विसं २०२० मा प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रशिक्षण केन्द्रका रुपमा बीटीआइको स्थापना भएको हो ।
यस संस्थामा हाल डिप्लोमा तालिम कार्यक्रमअन्तर्गत चार वर्षे मेकानिकल, बिल्डिङ र इलेक्ट्रिकल, जुनियर टेक्निसियनअन्तर्गत दुई वर्षे मेकानिकल, बिल्डिङ, कार्पेन्ट्री र बिल्डिङ एण्ड कन्स्ट्रक्सन, प्रिडिप्लोमा तालिम कार्यक्रमअन्तर्गत दुई वर्षे मेकानिकल र इलेक्ट्रिकल, एक हप्तादेखि छ महिनाका मागमा आधारित विभिन्न तालिम सञ्चालन हुँदै आएका छन् ।
विकासबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने, थाल्यो तयारी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७