TRENDING
होमपेज
मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गर्नुभएको छ ।
मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो ।
विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुुरु गर्नुभएकी लामाले विश्वका १६ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । ती चार हिमालको आरोहण गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ ।
घुमफिरबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
बैशाख २४, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
राप्ति नदीमा गोही छाडियो
फाल्गुन २०, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७