

काठमाडौँ। बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो ।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी दिनुभयो । न्यौपानेका अनुसार मुख्य ढोकाबाट परीक्षणका लागि पठाएको पानी नौ नम्बर हेडवक्र्स र अम्बाथानतर्फको १७ नम्बर ढोकाबाट बाहिर पठाइको छ । गत असार १ र साउन १७ गते आएको बाढीले आयोजनाका प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेको थियो ।
बाढीले आयोजनाका मुख्य ढोका क्षतिग्रस्त बनाएको थियो भने बाहिरी भागसमेत पुरेका कारण आयोजना पूर्ण रूपमा बन्द भएको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ ।
नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाडौँको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ ।
बिज्ञान / प्रबिधिबाट थप समाचार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७