

काठमाडौं । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ ।
नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी हुनुभएको हो । विजयी थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालकसमेत हुनुहुन्छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वल्र्डवेज टुर्स एण्ड ट्राभल्सका सञ्चालक वरुण मेहता, महासचिवमा प्रिसियस ट्राभल्स एण्ड टुर्सका सञ्चालक कुमारमणि थपलिया, सचिवमा शाहस होलिडे इन्टरनेशनलका सञ्चालक युविका भण्डारी, कोषाध्यक्षमा वल्र्ड फेभर ट्राभल्स एण्ड टुर्सका सञ्चालक राजकुमार देवकोटा र सहकोषाध्यक्षमा रियान ट्राभल्स एण्ड टुर्सका सञ्चालक गीता ढकाल (रेजु) निर्वाचित हुनुभएको छ ।
यस्तै कार्यसमिति सदस्यमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका सञ्चालक विष्णु पाण्डे, होलिडे एडभेञ्चर टुर्सका सञ्चालक ढकनाथ काफ्ले, अक्सफोर्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक नमराज भेटवाल, प्रिजेन्ट ट्राभल्सका सञ्चालक पर्शुराम घिमिरे, अस्विता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका सञ्चालक रामशोभित नायक, इन्द्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक सवला भण्डारी, डालिमा टुर्स एण्ड ट्राभल्सका सञ्चालक डेन्डी शेर्पा र एएनटी होलिडेका सञ्चालक श्रद्धा जोशी विजयी हुनुभएको छ ।
निर्वाचनका लागि थापा र बस्नेत समूहबीच प्रतिस्पर्धा भएको थियो । देशभर दुई हजारभन्दा बढी टुर्स एण्ड ट्राभल्स भए पनि निर्वाचनका लागि ४४९ टुर्स एण्ड ट्राभल्सको सहभागिता थियो ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७