

महोत्तरी । स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।
दासको साथबाट प्रहरीले नेपाली रु एक हजारका नोट ५८५ थान र नेपाली नोट रु ५०० का ४९२ थान गरी उक्त रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका युवक दासलाई गए राति नै प्रहरीले जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरमा बुझाउन लगिएकामा भन्सार कार्यालय बन्द रहेको हुँदा उनलाई आज रकमसहित बुझाइने प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७