

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनलको यात्रा सुरक्षित गरेको हो ।
खेलको ५९ औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उहाँको यही गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै पुलिस क्लबले शुक्रबार उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार भएको खेलको म्यान अफ दि म्याच पुलिसका खेलाडी निरकुमार घोषित हुनुभयो । उहाँले रु दश हजार प्राप्त गर्नुभयो । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख ११ हजार नगदसहित ट्रफी र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिनुभयो । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही रु २१ हजार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७