

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ । यसअघि पटक–पटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो ।बैठक दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । आज बैठक बस्नुअघि बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएकोे उहाँको भनाइ थियो । उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूची तय गर्ने छ ।
नेकपा (एमाले)को अवरोधका कारण गत पुस ८ गते स्थगन भएको प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गतको बैठक यसअघि पटक–पटक मिति तय भए पनि बस्न सकेको थिएन । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।प्रदेशसभामा हाल १०९सदस्य छन् । तीमध्ये नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई, जसपाका एक सांसद छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७