

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बाँडफाँड गरेको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज यहाँ साधारण शेयरको बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरमा दरखास्त आह्वान गरेको थियो ।
बिक्री प्रबन्धककानुसार आईपिओमा कूल २५ लाख २७ हजार १०१ जनाले आवेदन दिएका थिए । त्यसमा चार हजार १४६ जनाको आवेदन रद्द भई बाँकी २५ लाख २२ हजार ९५५ योग्य आवेदकमध्ये ७७ हजार ४५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत शेयर बाँडिएको हो ।
बाँकी तीन कित्ता शेयर २० कित्ताभन्दा धेरै आवेदन दिनेलाई एकएक कित्ताका दरले बाँडिएको क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत९४१ हजार ४३७० कित्ता सामूहिक लगानी कोषलाई, जारी पूँजी(रु २५ करोड ५० लाख)को शून्य दशमलव पाँच प्रतिशत (१२ हजार ७५०) कित्ता शेयर कर्मचारीलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत फागुन ११ गतेदेखि १५ सम्म आवेदन दिएका थिए । बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७