मकवानपुर । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ ।
ब्यूरोले आज एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युव, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्वीरहरू अपलोड गरेको भन्दै त्यस्ता व्यक्तिमाथि कारवाही गर्ने चेतावनी दिएको हो ।
उनीहरूले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने गरी गतिवधि गरेको ब्यूरोले जनाएको छ । समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव खल्बल्याउने र पीडितको गोपनीयताको हकको हनन् गरी सामाजिक तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पु¥याउने किसिमका गतिविधि देखिएको ब्यूरोको सूचनामा उल्लेख छ ।
सूचनामा त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।
बजारबाट थप समाचार
लघुचलचित्र ‘पाउलो’ : सडकबालकको संघर्ष र जुत्ताको जीवनकथा
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
फर्जी कागज बनाएको आरोपमा तीन अधिकृतसहित ३२ जना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८