

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४१५ जना कोरोनाबट सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशैभरी आठ हजार ५१७ जना सक्रिय सङ्क्रमित छन् ।
सो अवधिमा ६ हजार ४८४ जनाको पिसीआर परीक्षण गर्दा ९४ जना र तीन हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी जम्मा १११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १६ हजार १९१ पुगेको छ ।
हाल आठ हजार २८५ होम आइसोलेशनमा रहेको र २३२ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८१ जना आइसीयु र १० जना भेन्टिलेटरमा उपचाररत् छन् भने १० वर्ष मुनिका चार बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघारदेखि २० वर्ष उमेर समूहका ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । कोरोनाबाट नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३५ पुगेको छ ।
यस अवधिमा ४१ हजार ३६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म कुल ३ करोड ६९ लाख ८४ हजार ६११ मात्रा खोप लगाइएको छ । पहिलो मात्रा लगाउने एक करोड ८४ लाख ५४ हजार ७१७ र पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक करोड ७४ लाख १९ हजार ३४४ पुगेको मन्त्रालयले जनाएको छ । एघार लाख १० हजार ५५० ले अतिरिक्त खोपको मात्रा लगाएका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७