

काठमाडौँ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई) ले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।
ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ४८ बल खेल्दै चार चौका र चार छक्काको मद्दतमा ७० रनको योगदान दिएका हुन् ।
त्यस्तै भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफा ९ रन तथा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । यस खेलमा नेपाल विजयी भएमा विश्वकपको यात्रा तय गर्नेछ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
यसैबीच जितको लक्ष्यसहित उत्रेको नेपालले तीन विकेट गुमाइसकेको छ । अहिले ब्याटिङ गरिरहेको नेपालले तीन ओभरमा १८ रन बनाउँदा तीन विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल ७, आसिफ शेख शून्य र लोकेश बम शून्य रनमा आउट भए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७