

मकवानपुर । हेटौँडा–फाखेल–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा एक र पूर्वपश्चिम महेन्द्र राजमार्गको हेटौँडा मनहरि सडक खण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
केहीबेर अघि हेटौँडाको बस्तीपुरबाट नेवारपानीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००५प– १५०३ नंको मोटरसाइकल नं ५ त ७३३८ नंको ट्र्याक्टरमा ठक्कर खाँदा मोटरसाइकल चालक स्थानीयवासी १७ वर्षीय सुदीप तितुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका तितुङको उपचारका क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ मा आजै भएको दुर्घटनामा एक जनाको मृत्युु भएको छ । कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्डअन्तर्गत काठमाडौँदेखि इन्द्रसरोवर–२ कंलकीतर्फ जाँदै गरेको बा५७ प ८५७० नंको मोटरसाइकल कंलकी नजीक सुकौरा भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी ३३ वर्षीय दोर्जे लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल सडकबाट तीन सय मिटर तल खसेको थियो । लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७