TRENDING
होमपेज
चोरीको मोटरसाइकलसहित दुई पक्राउ


काठमाडौँ । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय विश्वकर्मा र सङ्खुवासभा खाँदबारीका रमेश राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महाशाखाका प्रमुखप्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बर प्लेट बा ८५ प ९०३४ लाई परिवर्तन गरेर प्रदेश ३–०२–१२ प ५५८२ नम्बरको प्लेट हालेर चलाएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सन्तोष श्रेष्ठको नाममा रहेको उक्त पल्सर मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको थियो । मोटरसाइकलसहित पक्राउ परेका उनीहरुलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको महाशाखा प्रमुख जोशीले बताउनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७