

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को मैदी दारेगौंडाका करिब ५५ घरधुरीलाई पानीट्याङ्की वितरण गरिएको छ । रोटरी क्लब अष्ट्रेलिया, विश्व समुदाय सेवा कार्यक्रम अन्तर्गत हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका रोटरियन सदस्य एवं स्थानीय समाजसेवी युवा प्रकाश अर्यालको सक्रियतामा सो प्लाष्टिक ट्याङ्की वितरण गरिएको हो ।
हिउँदे सिंचाईका लागि पानी व्यवस्थापन गर्न सहज होस् भन्ने हेतुले ट्याङ्की वितरण गरिएको समाजसेवी गोविन्द अर्यालले बताउनुभयो । पहिलो चरणमा सिमीत संख्यामा ट्याङ्की वितरण गरिएतापनि छिट्टै नै बाँकी घरधुरीका लागी पनि वितरण गरिने बताइएको छ । साथै उपयुक्त उच्च स्थान हेरेर २ ठुला रिजर्भ ट्याङ्की राखिने र सोहि पानी गाउँमा वितरण गरिने अर्यालले बताउनुभयो ।
ट्याङ्की वितरण कार्यक्रममा गाउँको विकासका लागी गरिएको यस्ता कार्यहरुमा वडाको तर्फबाट पूर्ण साथ रहने वडाअध्यक्ष रुद्रमान श्रेष्ठले बताउनु भएको थियो । यसैगरी विगत देखि नै सामाजिक कार्यमा अग्रसर रहि समाजसेवा गर्दै आउनुभएका अर्यालद्धयको काममा आफुहरुको तर्फबाट विशेष साथ र सहयोग रहने स्थानीय शिक्षक बुद्धिमान श्रेष्ठले बताउनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७