

काठमाडौं । च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल युथ क्लब एक खेल अगावै ‘बी’ डिभिजनमा घटुवा भएको हो । विसं २०७३ मा च्यासल ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।
फ्रेन्ड्सको जीतमा जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । खेलको ३८औँ मिनेटमा जमौल एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४३औँ मिनेटमा जमौल एन्थोनीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।
च्यासलका अभिशेक लिम्बूले पेनाल्टी क्षेत्रभित्र एन्थोनीलाई लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि खेलको ५६औँ मिनेटमा च्यासलका मौसा अबगानाले एक गोल फर्काए । मौसाले पेनाल्टीबाट एक गोल फर्काए पनि च्यासल २–१ ले पराजित भयो ।
फ्रेन्ड्सका गोलकिपर राहुल यादवले पेनाल्टी क्षेत्रभित्र राजीव लोप्चनलाई फउल गर्दै लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । यो जीतसँगै फ्रेन्ड्सले १२ खेलमा १० अङ्क जोडेको छ । फ्रेन्ड्स लिगको १२औँ स्थान छ । च्यासल १२ खेलमा छ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७