TRENDING
होमपेज
बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु


काठमाडौँ । काठमाडौँको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडि आज बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताउनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७