

काठमाडौँ । कोरोना सङ्क्रमण दर घटेसँगै विद्यालय र विश्वविद्यालयहरू भौतिक रुपमा सञ्चालन गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.सङ्गीता मिश्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सिफारिस गरेपछि विद्यालय तथा विश्वविद्यालय भौतिक रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।
आज कोरोना सङ्क्रमणबाट एकै दिन ८ हजार ७ सय ४ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४५ हजार २ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज ९ हजार २ सय ५१ जनाको नमुना परिक्षण गर्दा १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । काठमाडौँ उपत्यकामा ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा ४ सय १०, भक्तपुरमा ३२, ललितपुरमा १ सय २४ गरी ५६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.मिश्रले जानकारी दिनुभयो । कोरोना संक्रमण हुने दर घटे पनि जोखिम अझै कायम भएकाले स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७